वर्ल्ड बैंकले आर्थिक वर्ष २०२२/२३ मा नेपालको आर्थिक वृद्धि दर ५.१ प्रतिशत कायम रहने अनमुान गरेको छ । यस अघि सन् २०२१/२२ मा नेपालको आर्थिक वृद्धि दर ५.८ प्रतिशत रहेको थियो ।
कोभिड महामारीका कारण धरासायी भएको अर्थतन्त्र चलायमान भएता पनि रुस–युक्रेन युद्धका कारण सिर्जित इन्धन अभाव, मूल्यवृद्धि, पर्यटक आगमनमा आएको कमीका कारण सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धि दर ०.७ प्रतिशत विन्दुले खुम्चिने वर्ल्ड बैंकको भनाई छ ।
विश्व अर्थतन्त्र तनाव ग्रस्त भएको समयमा विकसीत देशहरुले बढाएको ब्याजदरका कारण उच्च ब्याज भुक्तानी गरिरहेको नेपाल मुद्रास्फीति, आन्तरिक ब्याजदर वृद्धि तथा विविध बाह्य झड्काहरुबाट प्रभावित रहेको छ । यी विषयलाई आधारित गर्दै वर्ल्ड बैंकले सन् २०२३/२४ मा नेपालको आर्थिक वृद्धि दर ५.१ प्रतिशतबाट खुम्चिएर ४.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
विश्व अर्थतन्त्र सुस्ताउँदा विकासोन्मुख राष्ट्रहरु संकटग्रस्त: वर्ल्ड बैंक
सन् २०२२/२३ मा भारतको आर्थिक वृद्धि दर ६.९ प्रतिशत रहने, बाङ्लादेशको ५.२ प्रतिशत, पाकिस्तानको २ प्रतिशत, भुटानको ४.१ प्रतिशत, माल्दिभ्सको ८.२ प्रतिशत रहने वर्ल्ड बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक आउटलुकमा उल्लेख छ ।
पर्यटक आगमनमा भएको वृद्धिका कारण माल्दिभ्सको आर्थिक वृद्धि दर उच्च रहेको छ । सन् २०२२मा श्रीलंकाको अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने र सन् २०२३ मा ४.२ प्रतिशतले खुम्चिने अनुमान वर्ल्ड बैंकले गरेको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया