यातायात कार्यालयका शाखा अधिकृतको एक करोड अकुत सम्पत्ति

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा भष्ट्रचारको मुद्दा दर्ता गरेको छ ।

पोखरेलले एक करोड ६ लाख ३३ हजार अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

आयोगले पोखरेल सार्वजनिक सेवाको पदमा प्रवेश गरेको २०४६ असारदेखि २०७८ फागुनसम्मको जाँच अवधिमा ३ करोड ३१ लाख ५५ हजार ६२ रूपैंया आय आर्जन गरेको देखिएको र सोही अवधिमा ४ करोड ३७ लाख ८८ हजार ४०२ रूपैंया खर्च तथा लगानी गरेको देखिँदा आयभन्दा वढी १ करोड ६ लाख ३३ हजार ३३९ रूपैंया देखिएको जनाएको छ ।

पोखरेलले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्ति निजको श्रीमती बिमला न्यौपाने पोखरेलको नाममा हाल कायम रहेका सम्पत्तिबाट जफत असुल उपर गरी पाउन आयोगले मागदावी समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ पुस २०७९, शुक्रबार  १५ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।