वैदेशिक अध्ययन र घुम्न जाने नेपाली नागरिकले पछिल्लो ५ महिनामा ९ अर्ब रुपैयाँ खर्चिएका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो पाँच महिनाको अवधिमा मात्रै विदेशमा अध्ययन गर्न र घुम्न जाने नेपालीलले ९ अर्ब रुपैयाँ खर्च गरेको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै, गत आव २०७८/७९ को सोही अवधिमा ४ अर्ब ७० करोड खर्च भएको देखिएको छ भने अघिल्लो आव २०७७/७८ को सोही अवधिमा ३ अर्ब ४० करोड खर्च भएको तथ्याङ्कमा उल्लेख छ ।
कोभिडको प्रभाव कम हुँदै गएपछि विभिन्न मुलुकहरुले पर्यटक र विद्यार्थी भिसा खुल्ला गर्न थालेका छन् । फलस्वरुप नेपालबाट अध्ययन, घुम्न र सभा सम्मेलनका लागि जान थालेका छन् ।
नेपाल सरकारले ट्राभल भिसामा नेपालीले २०० डलर खर्च गर्न पाउने व्यवस्था गरेको छ ।
त्यस्तै, समीक्षा अवधिमा नेपालमा घुम्न र अध्ययन गर्न आउने विदेशी नागरिकबाट नेपाल सरकारले ५ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै गत आवको सोही अवधिमा एक अर्ब ८० करोड र अघिल्लो आवको सोही अवधिमा ४० करोड रुपैयाँ आम्दानी गरेका थिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया