चालु आर्थिक बर्षको पहिलो पाँच महिनाको अवधिमा ३५ अर्ब दुई करोड २५ लाख रुपैयाँ बराबरको दुरसञ्चार तथा विद्युतीय समाग्री नेपाल भित्रिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा भने कम हो । गत आवको सोही अवधिमा ५१ अर्ब २८ करोड ८१ लाख रुपैयाँ को भित्रिएको थियो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो पाँच महिनाको अवधिमा १६ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ बराबरको दुरसञ्चार सामाग्री नेपाल भित्रिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा भने ४१ प्रतिशतले कम हो ।
नेपालले विश्वका विभिन्न मुलुकबाट दुरसञ्चार सामाग्री भित्राउने गरेको छ । जसमध्ये चीनबाट सबैभन्दा बढी सामाग्री आयात गर्दै आएको छ । केन्द्रिय बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो पाँच महिनाको अवधिाम चीनबाट १२ अर्ब ८ करोड ११ लाख रुपैयाँ बराबरको दुरसञ्चार सामाग्री भित्रिएको छ । यो रकम गत आवको तुलनामा ३३ प्रतिशतले कम हो ।
त्यस्तै, भारतबाट मात्रै तीन अर्ब ५६ करोड ६० लाख रुपैयाँ बराबरको दुरसञ्चार सामाग्री भित्रिएको तथ्यांक छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ५८ प्रतिशत कम हो । अन्य मुलुकबाट भने ९२ करोड १३ लाख रुपैयाँ बराबरको दुरसञ्चार सामाग्री भित्रिएको तथ्यांक छ । 
विश्व आर्थिक मन्दीको चपेटामा परेसँगै नेपालले दुरसञ्चार सामाग्री आयात घटाएको तथ्यांक छ ।
केन्द्रिय बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो पाँच महिनाको अवधिमा भारतबाट मात्रै ११ अर्ब १४ करोड ४० लाख रुपैयाँ बराबरको विद्युतीय उपकरण नेपाल भित्रिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा क्रमश २२ प्रतिशतले कम हो ।
चीनबाट भने ६ अर्ब ५३ करोड ८१ अर्ब रुपैयाँको विद्युतीय सामाग्री आयात भएको छ । त्यस्तै, अन्य मुलुकबाट ९६ करोड २२ लाख रुपैयाँ बराबरको सामाग्री आयात भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया