नेपाली सेनाले माग्यो विभिन्न पदको लागि ४२६ जना कर्मचारी


नेपाली सेनाले रिक्त रहेको पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४२६ संख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो ।

दरखास्त पेस गर्ने अन्तिम मिति फागुन १९ गतेसम्म १८ वर्ष पूरा भई २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । इटहरी, महोत्तरी, हेटौडा, पोखरा, बुटवल, सुर्खेत, कैलाली र नारायणहिटीको लागि दरखास्त माग गरिएकोले उक्त केन्द्रहरुबाट दरखास्त फारम वितरण गरिने छ ।

१८ वर्ष पूरा भई २६ वर्ष ननाघेका साधारण लेखपढ गर्न सक्ने इच्छुक नेपाली नागरिकले फागुन १९ (आजबाट) चैत १९ गतेसम्म आवेदन दिन सक्ने सेनाले जनाएको छ । दोब्बर दस्तुरमा भने चैत् ३६ गतेसम्म दरखास्त दिन सक्ने छन् । योग्यता पुगेका नेपाली नागरिकले आफ्नो पायक पर्ने स्थानबाट उम्मेदवार बन्न पाउने छन् ।

 बन्दोबस्त कार्य, सिपाई, सूचीकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, र सयस पदको लागी पुरुषको उचाई न्यूनतम ५ फिट २ इन्च हुनुपर्ने छ भने तौल न्यूनतम ५० किलो हुनु पर्ने छ । यता महिलाको हकमा भने न्यूनतम ४ फिट १० इन्च तौल न्यूनतम ४० किलो हुनुपर्ने छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार  ०७ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।