समता घरेलु लघुवित्तको साधारण सभा आह्वान


समता घरेलु लघुवित्त वित्तीय संस्थाले चैत ११ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले बिहान साढे एघार बजे सभा हिमालयन दृश्य रिसोर्ट, धुलिखेलमा बोलाएको हो ।

कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको थियो ।

कम्पनीको सभाले सञ्चालक समिति बैठकले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८–७९ को नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आव २०७८।७९ को अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

यस्तै सभाले समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडबिच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा भएको डीडीए मूल्यांकनर्ताको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन, सेयर आदान प्रदान प्रस्ताव पारित, प्रारम्भिक समझदारीपत्र तथा मर्जर सम्बन्धमा भएको निर्णयहरुको अनुमोदन, अन्तिम सम्झौतापत्र लगायत सो सम्बन्धी कार्यहरु गर्न गराउनको लागि संचालक समितिलाई अख्तियारी, तदर्थ संचालक समितिमा वित्तीय संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरुको मनोनयन प्रस्ताव अनुमोदन, गाभ्नेरगाभिने कार्य पश्चात् बन्ने वित्तीय संस्थाको नाम तथा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन सम्बन्धी प्रस्ताव लगायत मर्जरसँग सम्बन्धीत आवश्यक अन्य सम्पूर्ण निर्णयहरु पारित गर्ने छ ।

लघुवित्त कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ चैत १ गते मंगलबारदेखि चैत ११ गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार फागुन ३० गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार गरी कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार  १२ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।