विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले मंगलबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर १३१ रुपैयाँ ७० पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७९ पैसा र बिक्री दर ८७ रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ८८ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ०३ पैसा र बिक्री दर १५८ रुपैयाँ ७६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १५ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ २९ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ९२ पैसा र बिक्री दर ३५ रुपैयाँ ०८ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलबार  ०६ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।