शिक्षा क्षेत्र सुधारका लागि वर्ल्ड बैंकको पौने १६ अर्ब सहयोग

0
Shares

वर्ल्ड बैंकले नेपालको शिक्षा क्षेत्र सुधारका लागि १५ अर्ब ८४ करोड रुपैयाँ (१ करोड २० लाख डलर) अनुदान सहयोग गरेको छ ।

नेपाल सरकारले अघि सारेको स्कुल क्षेत्र रुपान्तरण योजनाको सफल कार्यान्वयनका लागि वर्ल्ड बैंकले उक्त सहयोग गरेको हो ।

नेपाल सरकारले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले स्कूल शिक्षालाई विशेष प्राथमिकतामा राखी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । कोभिड–१९ महामारीका साथै प्राकृतिक विपत्तिका कारण पठनपाठनमा समस्या भोगिरहेका विद्यार्थी तथा स्कुलको अवस्था सुदृढीकरणका लागि नेपाल सरकारले स्कुल क्षेत्र रुपान्तरण परियोजना अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

वर्ल्ड बैंकको सहयोग प्राकृतिक प्रकोप प्रतिरोधात्मक कक्षाकोठाको निर्माण, डिजिटल पठनपाठनका लागि आवश्यक सामाग्री व्यवस्थापन तथा कोभिड–१९का कारण अध्ययन अध्यापनका निम्तिएका समस्याहरुको दु्रत समाधानका लागि प्रयोग गरिने छ । यस्तै वल्र्ड बैंकले गरेको यो सहयोगले दुर्गम क्षेत्रका छात्रा, अपाङ्ग, पिछडिएको समुदाय तथा न्युन आय भएका परिवारका विद्यार्थीहरुले ६–८ कक्षासम्मको अध्ययनका लागि छात्रवृत्ति पाउनेछन् ।

गुणस्तरीय शिक्षा विकासमा लगानी गर्नुले नै देशमा सक्षम जनशक्ति उत्पादन गर्ने र देशको समतामूलक आर्थिक विकासमा सहयोग पुग्ने वल्र्ड बैंकका माल्दीभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशकले जनाएका छन् ।

यस्तै सन् २०२१को अप्रिल महिनाबाट कोभिड–१९ महामारीको संक्रमण नेपालमा फैलिएको थियो । जसकारण स्कुल बन्द रहेका थिए ।

केही स्कुलहरुले अनलाइन पठनपाठन सुरु गरेता पनि निम्न आय भएका र डिजिटल माध्यमको पहुँच नभएका विद्यार्थीहरुको अध्ययन प्रभावित भएको थियो । यो सहयोगले न्युन आय भएका बालबालिकाहरुलाई सघाउने लक्ष्य लिएको वल्र्ड बैंककी प्रोग्राम टास्क लिडर कार्तिका राधाकृष्नन्ले बताइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १२ चैत्र २०७९, आइतबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।