नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक वातावरण सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
नेपाल सुनचाँदी ब्यवसायी महास.घका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा मंगलबार सिंहदरवार स्थित मन्त्रलायमा गएको महासंघको प्रतिनिधीमण्डलसँग मन्त्री रिजालले उद्योग ब्यवसायको विकासवाट मात्र मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकोले यसतर्फ सरकारले ध्यान दिने प्रतिवद्धता जनाए ।
त्यस अवसरमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मुलुकमा औद्योगिक वातावरण प्रभावकारी नवन्दा उद्योग, ब्यवसाय फस्टाउन नसकेको बताए । यसका लागि ब्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीति तथगा पर्याप्त कच्चा पदार्थको ब्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।
भेटका क्रममा महासंघका तर्फवाट उपाध्यक्षद्धय विपिन रामुदामु र पवन कुमार सोमानी, महासचिव धर्मशुन्दर वज्राचार्य लगायतका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया