नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा टोपबहादुर रायमाझीसहित आठ जनालाई पक्राउ गरेको छ भने पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाण्डौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गरी बिहीबार जिल्ला अदालत काठमाण्डौंमा म्याद थपका लागि पेस गरेको थियो ।
सन्दीप नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । हिजो पूर्वगृहसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन् । उनीमाथि थप अनुसन्धान चलिरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया