नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त


नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बैकले एक हजार अंकित दरका १० वर्षे अवधिको वार्षिक १० प्रतिशत ब्याजदर रहेको ४० लाख ४० हजार कित्ता बराबरको ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । 

उक्त सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरेका छन् भने प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार  ०९ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।