संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ मा हेलिकप्टर दुर्घटना भएको जानकारी दिए । हेलिकप्टरमा चालकसहित ४ जना छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया