कालीमाटीमा जारी किसान सञ्जालको धर्ना स्थगन

0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका स्टललाई प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाइ समस्या समाधान गर्ने सहमति भएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा सो सहमति जुटेको अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा. प्रेम दङ्गालले जानकारी दिए । सहमतिमा समितिका तर्फबाट समितिका अध्यक्ष मदन भुजेल र सञ्जालका तर्फबाट सञ्जालका संयोजक नेपाल किसान महासङ्घका सभापति गणेशचन्द्र तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

सहमतिसँगै समितिको परिसरमा हुँदै आएको धर्ना स्थगन भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा बन्ने कार्यदलमा सञ्जालका प्रतिनिधि पनि रहनेछन् । सञ्चालले गत असार २४ मन्त्री भुसाललाई भटेरे ती विषयमा ध्यानाकर्षण गराएको थियो । -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।