प्राइम बैंकको कामु सीईओमा संजीब मानन्धर

0
Shares

प्राइम कमर्सियल बैंक लिमिटडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा संजीब मानन्धर नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको २०८० साउन १७ गते बिहान १० बजे सम्पन्न ४७४ औं बैठकले अर्को व्यवस्था नभएसम्मका लागि बैंकका महाप्रवन्धक संजीब मानन्धरलाई कामु प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरेको हो ।

स्रोतका अनुसार हाल मानन्धर बैंकमा महाप्रबन्धक थिए । हाललाई कामु सीईओको जिम्मेवारी दिएको भएपनि मानन्धरलाई नै सीईओको पूर्ण जिम्मेवारी दिने तयारी बैंककाे छ ।

 

बैंक स्थापनादेखि १५ वर्षभन्दा लामो अवधि बैंकको प्रमुख कार्यकारी रहेका प्रमुख कार्यकारी अधिकृत रहेका नारायणदास मानन्धर अवकाश साउन १६ गते मंगलबारदेखि भएका हुन्। उनी नियामकीय प्रावधान अनुसार एउटै संस्थामा दुई कार्यकालभन्दा बढी एउटै व्यक्ति प्रमुख कार्यकारी अधिकृत हुन नपाउने व्यवस्था अवकाश भएका हुन् ।  बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कार्यकाल मंगलबारदेखि समाप्त भएपछि सञ्चालक समिति बैठकले संजीब मानन्धरलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको बैंकका कम्पनी सचिव राजकुमार कार्कीले जानकारी दिए ।

कर्जा तथा जोखिम व्यवस्थापनमा दख्खल मानिने नवनियुक्त कामु सीईओ मानन्धरले बुधबारदेखि नै कार्यभार सम्हालेका छन् । प्राइम बैंकमा १६ वर्षदेखि कार्यरत कामु सीईओ मानन्धरसँग बैंकिङ्ग क्षेत्रमा २२ वर्षको अनुभव छ । उनले भारतबाट चार्टर्ड एकाउन्टेन्ट (सीए) गरेका हुन् । त्यसअघि उनले विश्व बैंकले लागू गरेको राष्ट्रिय वाणिज्य बैंकमा वित्तीय क्षेत्र सुधार कार्यक्रममा काम गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार  १६ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।