मंगलबार सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ १ लाख १२ हजार १ सयमा कारोबार भइरहेको छ ।
सोमबार छापावाला सुनको भाउ १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । छापावाला सुनको भाउमा ३ सय रुपैयाँँले गिरावट आएको हो । हिजो छापावाला सुनको भाउ प्रतितोला १ सय रुपैयाँ घटेको थियो ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख ११ हजार ५५० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन तेजावी सुनको भाउ १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबिच आज चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । तीन दिनदेखि स्थिर रहेको चाँदी आज भने २५ रुपैयाँले घटेको हो । आज चाँदी तोलाको १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९३४ दशमलव ०१ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव १७ डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया