तनहुँ मालपोत कार्यालयबाट ३० करोड ८४ लाख राजस्व संकलन


तनहुँ जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७९\८० मा तीस करोड ८४ लाख तीन हजार ५४ रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८\७९ को तुलनामा गत आवमा १३ करोड ८३ लाख ७४ हजार छ सय १० रुपैयाँ कम राजस्व संकलन भएको सो कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८\७९ मा ४४ करोड ६८ लाख चार हजार छ सय ६४ रुपैयाँ राजस्व संकलन भएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए ।

आर्थिक वर्ष २०७९\८० मा रजिष्टे«शन दस्तुरबाट पन्ध्र करोड ८० लाख पाँच हजार चार सय सत्र रुपैयाँ, पुँजीगत लाभकर एघार करोड उनान्नचालिस लाख सन्ताउन्न हजार पन्ध्र रुपैयाँ, रोक्का दस्तुर धितोसमेत गरी तीन करोड अठार लाख सत्तरी हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

त्यसैगरी नामसारी संशोधनबाट बैसठ्ठी लाख अठसठ्ठी हजार आठ सय सत्र रुपैयाँ, अन्य सेवाशुल्क र प्रशासनिक दस्तुर एघार हजार आठ सय पाँच रुपैयाँ राजस्व सङ्कलन भएको थियो । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कित्ताकाट रोकिएका कारण कारोबार घटेको थियो ।

सङ्कलित राजस्वमध्ये पुँजीगत लाभकर राजस्वबापत संकलन भएको एघार करोड ३९ लाख ५७ हजार १५ रुपैयाँ सङ्घीय सरकारको खातामा पठाइने कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए । बाँकी रहेको राजस्व रकममध्ये ६० प्रतिशत स्थानीय पालिका र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा पठाइने उनको भनाइ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार  १३ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।