कर्णाली करिडोर पुनः सञ्चालनमा

0
Shares

मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला गरिएको छ । कर्णाली करिडोको कालीकोटको नरहरिनाथ गाउँपालिका–८ को खुलालुको पक्की पुल बाँयातर्फको भाग मर्मतका लागि बन्द गरिएको आजबाट खुल्ला गरिएको हो ।

खुलालु हिल्सा सडक खण्डको खुलालु कर्णाली पुलको बायाँपट्टिको जोखिम सडक मर्मतका लागि बन्द गरिएको सडक दश दिनपछि सञ्चालनमा आएको छ । खुलालु पक्की पुलको बायाँतर्फको भागमा निकै कठिन भूगोल रहेको कारणले मर्मतका लागि भदौ १ गतेदेखि बन्द गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए ।

“पुलको एकातर्फीको भाग निकै कठिन रहेको थियो”, उनले भने, “त्यसको मर्मतका लागि केही दिन कर्णाली करिडोर खुलालु सडक केही दिनका लागि बन्द गरिएको थियो ।” खुलालु पुलको उकालोको जोखिम सडक अहिले डबल कटिङ सकिएकाले सडक सञ्चालनमा आएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । “सडक डिभिजन कार्यालय जुम्लाको अनुरोधमा केही दिन सडक बन्द गरिएको थियो”, उनले भने, “अहिले मर्मतको काम सकिएकाले खुल्ला गरिएको छ ।”

सडक फराकिलो नभएकाले दश दिनका लागि सडक बन्द गराएको भए पनि अब बन्द गर्न नपर्ने र सडक मर्मतको काम सकिएको भएपनि आरसिसी गर्न बाँकी रहेको निर्माण व्यवसायी रुपक आचार्य बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार  १५ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।