नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबार अमेरिकी डलरको भाउ आज खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसामा कायम भएको छ ।
युरो एकको खरिद दर १४० रुपैयाँ ३८ पैसा र बिक्री दर १४१ रुपैयाँ २२ पैसा छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ८० पैसा र बिक्री दर ८४ रुपैयाँ १८ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यता बेलायती पाउण्ड आज एकको खरिद दर १६१ रुपैयाँ ४१ पैसा र बिक्री दर १६२ रुपैयाँ १४ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८३ पैसा र बिक्री दर २७ रुपैयाँ ९६ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३८ पैसा र बिक्री दर ३५ रुपैयाँ ५४ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८७ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया