सुनको भाउ मंगलबार प्रतितोला ५०० रुपैयाँ घट्यो


मंगलबार सुनको भाउमा गिरावट आएको छ । सोमबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार १ लाख १६ हजार रुपैयाँ तोकिएको छ । आज सुनको भाउ ५०० रुपैयाँ घटेको हो ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १५ हजार ४५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजावी सुन १ लाख १५ हजार ९५० रुपैयाँ तोकिएको थियो ।

यता आज चाँदीको भाउमा भने वृद्धि भएको छ । सोमबार १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९१ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३ दशमलव १५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलबार  १० : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।