दसैँलगतै प्याजको भाउ आकासिएको छ । असोज ३० गते प्रतिकिलो ७६ रुपैयाँमा किनबेच भएको प्याज आज (कात्तिक १५) गते १२३ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको होलसेल मूल्य हो । प्याजको मूल्य होलसेलमै ६१.८ प्रतिशतसम्म बढेको छ । होलसेलमा नै मूल्य बढेपछि उपभोक्ताले खरिद गर्ने खुद्रा मूल्य झनै बढेको छ ।
भारतले शनिबार प्रतिटन ८०० अमेरिकी डलर (प्रतिकिलो १ सय ५ रुपैयाँ) भन्दा कममा प्याज निर्यात गर्न नपाइने व्यवस्था लागु गरेपछि यसको भाउ अझै वृद्धि भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । यो नियम आगामी डिसेम्बर अन्तिम (पुस दोस्रो साता ) सम्म कायम रहने छ । भारतले नयाँ नियम लागु गरेलगत्तै प्याजको भाउ प्रतिकिलो १६ रुपैयाँ वृद्धि भएको छ ।
नेपाली बजारमा ९९ प्रतिशत माग भारतीय प्याजको नै हुने गर्दछ । बाँकी १ प्रतिशत भने चिनियाँ प्याज आयात हुन्छ । तर पनि चिनियाँ प्याजको स्वाद नहुने भएकोले भारतीय प्याजको नै धेरै माग हुने गरेको छ । भारतबाहेक विकल्प नहुँदा मूल्य अकासिएको उनको भनाइ छ । भारतले प्रतिकिलो १ सय ५ रुपैयाँ भन्दा कममा प्याज निर्यात गर्न नपाइने व्यवस्था लागु गर्नुभन्दा पहिले नै भारतमा प्याजको भाउ बढेकोले नेपालमा पनि भाउ बढेको उनको भनाइ छ ।
प्याजको मूल्य वृद्धि भएसँगै आयातमा पनि कमी आएको छ । असोजसम्म दैनिक करिब एक लाख ७० हजार किलो हाराहारी प्याज आयात हुने गरेकोमा कात्तिक लागेपछि प्याजको आयात दोब्बरले घटेको श्रेष्ठले बताए । अहिले दैनिक ६० हजार किलो हाराहारी मात्रै प्याज आयात भइरहेको उनको भनाइ छ । हरियो प्याज भने प्रतिकेजी ९३ रुपैयामा किनबेच भइरहेको छ ।

बुधबार कुन तरकारीको भाउ कति ?
कालीमाटी फलफूल तथा तरकारी बजार बुधबार ठुलो गोलभेडा किलोको ६५ रुपैयाँ तोकिएको छ । यस्तै लोकल गोलभेडा ५०, टनेलको सानो गोलभेडा भने ५५ रुपैयाँ तोकिएको छ । यता भारतीय सानो गोलभेडाको भाउ ४७ रुपैयाँ ताकिएको छ ।
यता रातो मूलाको मूल्य किलोको ६५ रुपैयाँ छ भने पाकेको फर्सी प्रतिकेजी ४५ रुपैयाँ छ । यस्तै लोकल बन्दा र ब्रोकाउलीको मूल्य ६५-६५ रुपैयाँ तोकिएको छ । यस्तै आजको लागि स्थानीय काउली ४५ रुपैयाँ तोकिएको छ भने लोकल सिमी १८ रुपैयाँ, लाम्चो भन्टा १५ रुपैयाँ, डल्लो भन्टा ४५ रुपैयाँ, तने बोडी ६६ रुपैयाँ ६७ पैसा, तराईको बन्दा ४५ रुपैयाँ मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा २१० रुपैयाँ, बरेला ४५ रुपैयाँ तने बोडी ६६ रुपैयाँ ६७ पैसा, मटरकोशा २१० रुपैयाँ, भिण्डी ४५ रुपैयाँ राजमा सिमी १३३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ८५ रुपैयाँ रहेको छ ।
त्यस्तै, बरेला प्रतिकेजी ४५ रुपैयाँ, घिरौला ३४ रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ, रायोको साग २३ रुपैयाँ ७५ पैसा, चमसूरको साग ८५ रुपैयाँ, तोरीको साग ३५ रुपैयाँ, मेथीको साग १३५ रुपैयाँ, पालूगो साग १३५ रुपैयाँ बकूला १२६ रुपैयाँ ६७ पैसा, स्कूस १२ रुपैयाँ, कन्य च्याउ ६० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो ७७५ रुपैयाँ तोकिएको छ ।
्यसैगरी रातो आलु ६२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ५१ रुपैयाँ ३३ पैसा, सेतो आलु ४८ रुपैयाँ ३३ पैसा, लोकल गाजर ८६ रुपैयाँ, तराई गाजर ५६ रुपैयाँमा किनबेभ भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया