काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसाएको बैठक भएकाले आफूले बहिस्कार गरेको बताएका छन् ।
मंगलबार काठमाडौंमा भएको बैठक बहिस्कार गर्दै बैठकको सभापतित्व गरेका ललितपुरका मेयर चिरिबाबु महर्जनको अपमान गरेको भन्ने समाचार सार्वजनिक भएपछि बालेनले सामाजिक सञ्जालमार्फत् आफूले कसैको अपमान नगरेको बताएका हुन्।
उनले बुधबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, “१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो, कसैको अपमान गरेको होइन।”
यस्तै उनले नेताहरुले देश नै बेच्न खोजिसकेको भए पनि काठमाण्डौं महानगर बिक्रीमा नरहेको भन्दै उनले कटाक्ष गरेका छन् । उनले थप लेखेका छन्, ‘नेताज्युहरुले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाण्डौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देश नै बेच्नुभो भने पनि काठमाण्डौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।’
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया