अमेरिकी डलरको भाउले बनायो नयाँ रेकर्ड


अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । यसअघि १३२ रुपैयाँ ९५ पैसा (खरिद दर) पुगेर रेकर्ड बनाएको डलरले आज पुन नयाँ रेकर्ड बनाएको हो । आज अमेरिकी डलरको भाउ खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

आज युरो एकको खरिद दर १४० रुपैयाँ १७ पैसा र बिक्री दर १४० रुपैयाँ ८० पैसा छ । यता बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३१ पैसा र बिक्री दर १६२ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३१ पैसा र बिक्री दर ८४ रुपैयाँ ६९ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८७ पैसा र बिक्री दर २८ रुपैयाँ रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६० पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८३ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहिबार  ०७ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।