सुन-चाँदीको भाउमा बिहीबार वृद्धि


सुनको भाउमा बिहीबार वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार रुपैयाँ घटेको सुनको भाउ आज ७०० रुपैयाँ बढेको हो । ७०० रुपैयाँ बढेसँगै बिहीबार छापावाला सुनको भाउ १ लाख १५ हजार ७०० रुपैयाँ तोकिएको छ । हिजो छापावाला सुन १ लाख १५ हजार रुपैयाँ तोकिएको थियो ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजावी सुन प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँ तोकिएको थियो ।

यता आज चाँदी १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९८५ दशमलव ६८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३ दशमलव ०१ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहिबार  १० : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।