नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछाप विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ । प्राधिकरणलाई घटनाको बारेमा समयमा जानकारी नगरेको भन्दै अर्को सूचना नआउन्जेलसम्मका लागि उनलाई निलम्बन गरिएको हो ।
प्राधिकरणले यसअघि नै मन्थली विमानस्थलमा हात हालाहाल गरी झगडा गर्ने दुई पाइलट निलम्बित गरेको छ । प्राधिकरणले तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बित गरेको हो ।
शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहालको अवस्था आएको थियो । उनीहरुबारे थप अनुसन्धान भइरहेको र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया