आनी छोइङ डोल्मा फाउण्डेशन र मानवसेवा आश्रमले जाजरकोटमा गएको विनासकारी भुकम्पबाट प्रभावित भई अभिभावकविहीन भएकाहरुलाई संरक्षण प्रदान गर्ने भएको छ ।
उक्त संस्थाहरुले परिवारको सम्पूर्ण सदस्य गुमाई अनाथ भएका बालबालिका, अशक्त बृद्धबृद्धा, एकल महिलाहरुलाई तत्काल संरक्षण प्रदान गर्न तयार रहेको जानकारी गराइएको हो । यस्तो सेवा आवश्यक रहेमा मानवसेवा आश्रमको ९८५५०७६००१ देखि ९८५५०७६०२४ सम्मका सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न भनिएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको ६ दशमलव ४ रेक्टर म्याग्निच्युडको विनाशकारी भुकम्पमा परी हालसम्म एक सय ५७ जनाले ज्यान गुमाइसकेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया