सुनको भाउ घट्यो, सोमबार तोलाको कति ?


सोमबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा गिरावट आएसँगै नेपाली बजारमा पनि सुनको भाउ घटेको हो ।

सुनको भाउ हिजो स्थिर रहेको थियो । आज घटेसँगै छापावाला सुनको भाउ १ लाख १५ हजार ४०० रुपैयाँ तोकिएको छ । हिजो छापावाला सुनको भाउ १ लाख १५ हजार ९०० रुपैयाँ रहेको थियो ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १४ हजार ८५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजाबी सुनको भाउ प्रतितोला १ लाख १५ हजार ३५० रुपैयाँ तोकिएको थियो ।

यता आज चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार पनि सोही भाउमा काराबोर भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९८४ दशमलव ४५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३ दशमलव १८ डलरमा कारोबार भइरहेको छ । हिजो सुन प्रतिऔंस १ हजार ९९२ दशमलव ६२ डलरमा कारोबार भएको थियो भने चाँदी प्रतिऔंस २३ दशमलव २१ डलरमा कारोबार भएो थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार  १० : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।