.jpg)
जाजरकोटको नलगाड नगरपालिका-१ मा चिउरी गाउँमा भुकम्पमा परि १३ जनाको मृत्यु भएको छ । शुक्रबार राति गएको भूकम्पमा परी एकै गाउँका १३ जनाको मृत्यु भएको हो ।
गाउँका अधिकांश घरमा मानवीय क्षति भएपछि आइतबार उनीहरुको सामूहिक दाहसंस्कार गरिएको छ । गाउँका सबै मिलेर शवहरुलाई भेरि नदी किनारमा लगी सामुहिक दाहसंस्कार गरेका हुन् ।
चिउरी गाउँमा लगभग १०० घरधुरी छन्। यी मध्ये अधिकांश घर बस्न नमिल्ने गरी भत्किएका छन्। शुक्रबार रातिको भूकम्पले अहिलेसम्म जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। भूकम्पले ९ सय ३७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।












प्रतिक्रिया