सुनको भाउ दुई दिनमा प्रतितोला ९०० रुपैयाँ घट्यो


सोमबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको सुनको भाउ मंगलबार पनि ४०० रुपैयाँले घटेको छ । आज छापावाला सुनको भाउ १ लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको छ । सोमबार छापावाला सुनको भाउ १ लाख १५ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजाबी सुनको भाउ प्रतितोला १ लाख १४ हजार ८५० रुपैयाँ तोकिएको थियो ।

यता आज चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी १० रुपैयाँले घटेको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९७१ दशमलव ८९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२ दशमलव ८८ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार  १० : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।