नेपाली बजारमा सुनको भाउमा लगातार गिरावट आएको छ । हिजो प्रतितोला ४०० रुपैयाँले घटेको सुनको भाउ आज पुन ३०० रुपैयाँले घटेको हो । सुनको भाउ सोमबार ५०० रुपैयाँ घटेको थियो ।
आज छापावाला सुनको भाउ १ लाख १४ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार छापावाला सुनको भाउ १ लाख १५ हजार रुपैयाँ तोकिएको थियो । यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजाबी सुनको भाउ प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँ तोकिएको थियो ।
यता आज चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९६७ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२ दशमलव ४९ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया