सुनको मूल्यले फेरि तोड्यो रेकर्ड, आइतबार सुन किन्नेले १ लाख २० हजार ८०० खर्चिनुपर्ने


आइतबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । मंसिर १३ गते १ लाख १९ हजार ३०० पुगेर रेकर्ड बनाएको सुनको भाउमा आइतबार पुनः नयाँ रेकर्ड बनाएको हो ।

आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख २० हजार ८०० रुपैयाँमा कायम गरिएको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख १९ हजार रुपैयाँ तोकिएको थियो । आइतबार सुनको भाउ १८०० रुपैयाँले बढेको हो ।

रुस–युक्रेन तथा इजरायल हमासवीचको द्धन्दको प्रभावका कारण लगानीकर्ता सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य वृद्धिमा चाप परेको बिश्लेषकहरुले बताउँछन् । सुनको मूल्य १ लाख २५ हजारसम्म पुग्ने उनीहरुको अनुमान छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजावी सुनको भाउ १ लाख २० हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको भाउ १ लाख १८ हजार ४५० रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार आइतबार प्रतितोला चाँदी १ हजार ५४५ रुपैयाँ तोकिएको छ । शुक्रबार प्रतितोला तेजावी सुन १ हजार ५४० रुपैयाँ तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार ७२ दशमलव १३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव ४७ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १७ मंसिर २०८०, आइतबार  १० : ४८ बजे