बतास ग्रुपको बतास इन्भेष्टमेन्ट कम्पनीले २ अर्ब ऋण तिर्न सकेन, ‘डिफल्ट’ को सम्भावना

0
Shares

व्यापारिक घराना बतास ग्रुप अन्तर्गतको बतास इन्भेष्टमेन्ट कम्पनीले २ अर्ब ४ करोड बराबरको कर्जा भुक्तानी गर्न सकेको छैन । जसकारण रेटिङ एजेनसी इक्रा नेपालले कम्पनीलाई ‘डिफल्ट’ को सूचीमा राखेको छ ।

कर्जा भुक्तानी गर्न तोकिएको समयमा भुक्तानी गर्न नसक्दा इक्रा नेपालले कम्पनीलाई आगामी समयमा टाट पल्टिने कम्पनीहरुमा सूचीकृत गरेको हो ।

आर्थिक वर्ष २०२३ मा कम्पनीले ३० करोड २० लाख आम्दानी गरेको छ । यस अघि कम्पनीले २१ करोड ९० लाख आम्दानी गरेको थियो । कम्पनीको आम्दानी बढेता पनि ऋण चुक्ता गर्न नसक्दा कम्पनीको साख घटेको छ । कम्पनीको पछिल्लो वित्तीय अवस्थालाई केन्द्रमा राखी इक्रा नेपालले कम्पनीलाई ‘डि’ रेटिङ गरेको छ ।

सन् २००३ मा स्थापना भएको कम्पनीले हायर पर्चेसका लागि फाइनान्सीङ गर्दै आएको थियो । कम्पनीले निर्माण उपकरण उत्पादक इचर र क्याटरपिलर ब्रान्डका निर्माण सामाग्रीको आयात गरी बिक्री वितरण गर्दै आएको छ । यस्तै कम्पनी गन्डकी क्षेत्रका लागि मारुती सुजुकी, महिन्द्रा युटिलिटी र टिभिएस ब्रान्डको दुई पाङ्ग्रे सवारी साधनका लागि क्षेत्रीय बिक्रेता समेत रहेको छ ।

कम्पनीमा आनन्दराज बतास, शान्तराज बतास र बिपेन्द्र राज बतासको लगानी रहेको छ । बतास अग्रनाइजेसनको एक मुख्य हिस्साका रुपमा कम्पनी सञ्चालनमा आइरहेको छ । तर ऋण भुक्तानी गर्न नसक्दा कम्पनीको वित्तीय छविमा गिरावट आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २३ मंसिर २०८०, शनिबार  १६ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।