आदर्श कन्स्ट्रक्सन सहित १४ निर्माण व्यवसायी कालोसूचीमा


सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले १४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।

रतुवामाई नगरपालिकाको सिफारिसमा गोलबजार– सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको छ। त्यस्तै सडक विभाग योजना तथा अनुगमन शाखा ललितपुरको सिफारिसमा त्रिवेणी निर्माण सेवालाई दुई वर्ष कालोसूचीमा राखेको छ ।

त्यस्तै, इलाम नगरपालिकाको सिफारिसमा वावरी निर्माण सेवालाई १ वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, सडक डिभिजन दाङको सिफारिसमा नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवालाई पनि दुई वर्ष कालोसूचीमा राखिएको छ ।

यसैगरी, पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, कोहालपुर बाँकेको भावेश कन्स्ट्रक्सन, काठमाण्डौं, टेकुको ऊर्जा–कृशभ मस्ट जेभीलाई १ वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको छ ।

 त्यस्तै, प्रान्जल, रोहित, पारस, रुमानी निर्माण सेवालाई १ वर्षको लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २५ मंसिर २०८०, सोमबार  ०७ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।