गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको सोमबार बसेको संचालक समितिको १३२ औं बैठकले पुस १८ गते भेडेटार भिलेज रिसोर्ट, साँगुरीगढी गा.पा. –६ भेडेटार, धनकुटामा बिहान ११ बजे सभा बोलाएको हो ।
सभाले २०७९\८० को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने छ ।
यस्तै सभाले गुराँस लघुवित्त वित्तीय संस्था र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।
आठौं वार्षिक साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस ४ गते शेयर धनी दर्ता पुस्तिका बन्द गर्ने छ । जसअनुसार पुष ३ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया