लुम्बिनी विकास बैंकको बोनस र नगद लाभांश घोषणा


लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर तथा ४.५० प्रतिशत (कर सहित) नगद गरी कूल ८.५० प्रतिशत लाभांश वितरण गर्ने छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ३८ करोड २८ लाख २१ हजार २८६ रुपैयाँ रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।