रिपब्लिक मिडिया पहिलो त्रैमासमा सवा १ करोड नोक्सानीमा, रिटेन्ड अर्निङ ५२ करोड ऋणात्मक

3
Shares

नेपाल रिपब्लिक मिडिया लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २२ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ।

गत आवको पहिलो त्रैमासमा १ करोड ३३ लाख नाफामा रहेको कम्पनी आईपीओ जारीपछि भने घाटामा पुगेको हो । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा ४ करोड २५ लाख मात्र आम्दानी गरेको छ । गत आवको सोही अवधमिा कम्पनीले ७ करोड ४१ लाख आम्दानी गरेकोमा चालू आवमा ३करोड १६ लाखले घटेको हो ।

चुक्ता पुँजी ९६ करोड ७५ लाख रहेको कम्पनीको रिटेन्ड अर्निङ ५२ करोड २० लाख ऋणात्मक छ । नोक्सानीमा भएसँगै प्रति सेयर आम्दानी १ रुपैयाँ २७ पैसा ऋणात्मक बनेको छ भने प्रति सेयर नेटवर्थ ८७ रुपैयाँ १२ पैसामा झरेको छ ।

अचम्म त के छ भने मंगलबार नै कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लागेर बढेको छ । कम्पनीको सेयर मंगलबार १० प्रतिशत अर्थात २६ रुपैयाँ १० पैसा बढेर २८७ रुपैयाँ १० पैसा पुगेको छ । सेयर बजार बढेको मौका छोपेर कारोबारीहरुले नाजुक वित्तीय अवस्थाको कम्पनीमा सकारात्मक सर्किट लगाएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार  १७ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।