अमेरिकी डलरको भाउ घट्यो, बुधबार कुन विदेशी मुद्राको भाउ कति ?


बुधबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १३ पैसा र बिक्री दर १३३ रुपैयाँ ७३ पैसामा कारोबार भइरहेको छ । मंगलबार डलरको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरो १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा तोकिएको छ । बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३५ पैसा र बिक्री दर १६८ रुपैयाँ ११ पैसा तोकिएको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै बुधबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७३ पैसा र बिक्री दर ८८ रुपैयाँ १२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४२ पैसा र बिक्री दर २८ रुपैयाँ ५५ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४९ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा छ भने बिक्री दर १० रुपैयाँ २२ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार  ०७ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।