बिहीबार अमेरिकी डलरको भाउले रेकर्ड कायम गरेको छ । अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७३ पैसा रहेको छ । जुन हालसम्म कै उच्च हो । यसअघि मंसिर १५ गते डलरको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसामा कारोबार भएको थियो ।
अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ दिन प्रति दिन थप कमजोर हुँदै गएको छ । विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा पुग्ने देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरो १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा तोकिएको छ । बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७४ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा तोकिएको छ ।
उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै बिहीबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २५ पैसा र बिक्री दर ८७ रुपैयाँ ६५ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २९ पैसा र बिक्री दर २८ रुपैयाँ ४२ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५० पैसा र बिक्री दर ३५ रुपैयाँ ६६ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १० रुपैयाँ १४ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया