शुक्रबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । बिहीबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७३ पैसा कायम गरिएको थियो । जुन हालसम्म कै उच्च हो ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरो १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा तोकिएको छ । शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५३ पैसा र बिक्री दर १६९ रुपैयाँ २९ पैसा तोकिएको छ ।
उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै शुक्रबार अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ३५ पैसा र बिक्री दर ८९ रुपैयाँ ७५ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४७ पैसा र बिक्री दर २८ रुपैयाँ ६० पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४६ पैसा र बिक्री दर ३५ रुपैयाँ ६२ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २८ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३३ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया