सुनको भाउ दुई दिनमा ३१ सयले बढ्यो, शुक्रबारको भाउ कति ?


शुक्रबार सुनको भाउ ३०० रुपैयाँले बढेको छ । शुक्रबार २ हजार ८०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार ३०० रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला छाापवाला सुनको भाउ १ लाख १८ हजार ८०० हजार रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार ५५० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको भाउ १ लाख १८ हजार २८० रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार शुक्रबार प्रतितोला चाँदी १ हजार ४७० रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रतिऔंस सुन २ हजार ३६ दशमलव ६५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव १३ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।