फेडले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै बढ्यो सुनको भाउ, अग्रेजी नयाँ वर्षमा नयाँ उचाइ कायम गर्ने अनुमान


यो साता नेपाली बजारमा सुनको भाउ बढेको छ । साताको पहिलो कारोबार दिन अर्थात आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १७ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

जुन साताको अन्तिम कारोबार अर्थात शुक्रबारसम्म आइपुग्दा १ लाख १९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । एक सातामा सुनको भाउ १ हजार ६०० रुपैयाँले बढेको हो ।

अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै बढेको सुनको मुल्यमा विभिन्न मुलुकमा जारी द्धन्दले थप प्रभाव पारेको बिश्लेषकहरुले बताएका छन्। उनीहरुले नयाँ बर्षमा सुनको मुल्यले रेकर्ड कायम गर्न सक्ने आँकलन समेत गरेका छन् ।

सोमबार प्रतितोला ५०० रुपैयाँले घटेसँगै छापावाला सुनको भाउ १ लाख १७ हजार कायम भएको थियो । यस्तै मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १६ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।

यस्तै बुधबार १ लाख १६ हजार रुपैयाँ तोकिएको छापावाला सुनको भाउ बिहीबार २८ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८०० रुपैयाँ पुगेको थियो ।

यस्तै, साताको पहिलो कारोबार दिन १ लाख १७ हजार रुपैयाँ ताकिएको तेजावी सुन शुक्रबार १ लाख १८ हजार ५५० रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदी सातामा ४५ रुपैयाँले बढेको छ । आइतबार १ हजार ४२५ रुपैयाँ तोकिएको चाँदी शुक्रबार १ हजार ४७० रुपैयाँ तोकिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार  १५ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।