सुनको मूल्य एकैदिन १३०० ले घट्यो, आइतबारको भाउ कति ?


साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउमा गिरावट आएको छ ।  गत शुक्रबारको तुलनामा सुनको भाउमा १३ सय रुपैयाँले गिरावट आएको हो ।

आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १७ हजार २५० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको भाउ १ लाख १८ हजार ५५० रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार आइतबार प्रतितोला चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको छ । शुक्रबार प्रतितोला चाँदी १ हजार ४७० रुपैयाँ तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस सुन २ हजार १९ दशमलव ७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ८७ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ पुस २०८०, आइतबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।