तारागाउँ रिजेन्सीले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा


तारागाउँ रिजेन्सी होटल लिमिटेडले साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न होटलले साधारण सभा बोलाएको हो ।

होटलले २७ औँ साधारण सभा पुस २४ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा बिहान ११ बजे सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले पुस १२ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । जस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ पुस २०८०, सोमबार  ०८ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।