सोमबार सुन-चाँदीको मूल्य कति ?


आइतबारको तुलनामा सोमबार छापावाला सुनको मूल्य स्थिर बनेको छ । आइतबार प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको भाउ सोमबार पनि सोही मूल्यमा कायम छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १७ हजार २५० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबारप्रतिऔंस सुन २ हजार २२ दशमलव २५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ पुस २०८०, सोमबार  १० : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।