मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरो १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३४ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५२ पैसामा कारोबार भइरहेको छ ।
उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै मंगलबार अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १० पैसा र बिक्री दर ८९ रुपैयाँ ५० पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २५ पैसा र बिक्री दर २८ रुपैयाँ ३८ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३५ पैसा र बिक्री दर ३५ रुपैयाँ ५१ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २० पैसा छ भने बिक्री दर १० रुपैयाँ २४ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया