सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस २५ गते कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल, काठमाण्डौंमा बिहान १० बजे सभा बोलाएको छ ।
सभाले हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँको १ः१ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्तावलाई पारित गर्ने छ ।
यस्तै सभाले आ.व. २०७९\०८० को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने छ ।
साथै सभाले प्रस्तावित संसोधन तथा धितोपत्र दर्ता तथा निश्कासन सम्बन्धमा नियमनकारी निकायहरुबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने छ ।
बार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते विहिबार बुक क्लोज गर्ने भएको छ । जस अनुसार, पुस ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको बार्षिक साधारण सभामा भाग लिन, छलफल गर्न, मतदान गर्न पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया