सोमबारको तुलनामा मंगलबार छापावाला सुनको भाउ २ सय रुपैयाँले वृद्धि भएको छ । मंगलबार प्रतितोला छापावाला सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख १७ हजार ८०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १७ हजार ४५० रुपैयाँ कायम गरिएको छ । सोमबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १७ हजार २५० रुपैयाँ कायम गरिएको थियो ।
महासंघका अनुसार मंगलबार प्रतितोला चाँदी १ हजार ४५० रुपैयाँ तोकिएको छ । सोमबार चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको थियो ।
अन्तराष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार २२ दशमलव ८३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ८१ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया