शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ । बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३८ पैसा रहेको थियो ।
बिहीबारको तुलनामा शुक्रबर अमेरिकी डलरको भाउ १७ पैसाले बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरो १४५ रुपैयाँ ७९ पैसा र बिक्री दर १४६ रुपैयाँ ४४ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३१ पैसा र बिक्री दर १६९ रुपैयाँ ०७ पैसामा कारोबार भइरहेको छ ।
उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै शुक्रबार अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ७४ पैसा र बिक्री दर ९० रुपैयाँ १५ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५६ पैसा र बिक्री दर २८ रुपैयाँ ६९ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६० पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १९ पैसा छ भने बिक्री दर १० रुपैयाँ २३ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया