मोदी इनर्जी लिमिटेडले पुस २९ गते, आइतबार साभारण सभा आह्वान गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको ५३ औँ बैठकले लिसारा रिसेप्सन्समा छैठौंँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले २०७९\८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ । यस्तै सभाले वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया