नेपाल टेलिकमले साधारण सभा र बुक क्लोज मिति तोकेको छ । टेलिकमले पुस २९ गते राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । सभामा गत वर्षको मूनाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
यस्तै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाबलगायतमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०८०\८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते देखि पुस २९ गतेसम्म बुक क्लोज गर्दैछ । जसअनुसार पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया