सुनको भाउ बढ्यो, आइतबार कतिमा हुँदैछ कारोबार ?


साताको पहिलो कारोबार दिन सुनको भाउ १०० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार १ लाख १९ हजार ८०० रुपैयाँमा कारोबार छापावाला सुन आइतबार १०० रुपैयाँले बढेको हो । आइतबार प्रतितोला छापावाला सुन १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार ५५० रुपैयाँ कायम गरिएको छ । शुक्रबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार ४५० रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार आइतबार प्रतितोला चाँदी १ हजार ४७५ रुपैयाँ तोकिएको छ । शुक्रबारको तुलनामा चाँदीको भाउ १० रुपैयाँले घटेको हो । शुक्रबार चाँदी १ हजार ४८५ रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा आइतबार प्रतिऔंस सुन २ हजार ५२ दशमलव ९९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव २ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ पुस २०८०, आइतबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।